लोड हुँदैछ...

मेनु

वर्षाले ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध

वर्षाले ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्डमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।

कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले त्यहाँबाट सवारी आवतजावत पूर्णरुपमा बन्द भएको बताइएको छ ।

वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।