विराटनगर । नेपालको सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुवैको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २,९०० रुपैयाँले बढेर ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको भाउ पनि बढेको छ। मंगलबार ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार २२० रुपैयाँ पुगेको छ, जुन १५५ रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४,८२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।