लोड हुँदैछ...

मेनु

२०८२ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले घटेर बन्द

२०८२ को अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले घटेर बन्द

विराटनगर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०८२ सालको अन्तिम कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ।

पछिल्ला केही दिनदेखि सुस्त रहेको बजारले सोही प्रवृत्ति कायम राख्दै नकारात्मक क्लोजिङ दिएको हो।

यस दिन नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स १.४९ अंकले घट्दा फ्लोट इन्डेक्स ०.३९ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४१ अंकले घटेको छ।

कारोबार रकम पनि घटेको छ। अघिल्लो दिनको तुलनामा घटेर २७० कम्पनीका २ करोडभन्दा बढी कित्ता सेयर ८ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।

यस दिन ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ, जसमा सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड जलविद्युत, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट उद्योग, रिज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्ट रहेका छन्।

कारोबार रकमका आधारमा राष्ट्रिय जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ९३ करोडभन्दा बढीको कारोबार भयो। त्यसपछि रिडी पावर डेभलपमेन्ट र रिलायन्स स्पिनिङ मिल्स क्रमशः अगाडि रहे।

१३ उपसमूहमध्ये ६ वटा बढ्दा ७ वटा घटेका छन्। होटल तथा पर्यटन उपसमूह सबैभन्दा बढी बढेको छ भने व्यापार उपसमूह सबैभन्दा बढी घटेको छ। अन्य उपसमूहमा मिश्रित अवस्था देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।