लोड हुँदैछ...

मेनु

रौता पोखरीमा पाँचदिने पर्यटन महोत्सव सुरु

रौता पोखरीमा पाँचदिने पर्यटन महोत्सव सुरु

उदयपुर । जिल्लाको प्रमुख धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य रौता पोखरीमा पाँचदिने पर्यटन महोत्सव सुरु भएको छ।

‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ नाम दिइएको यो कार्यक्रम चैत २९ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली ले महोत्सव उद्घाटन गर्दै रौता पोखरीको प्राकृतिक सौन्दर्य, ऐतिहासिक र धार्मिक महत्त्वलाई विश्वसामु चिनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए।

महोत्सवको मुख्य आकर्षणका रूपमा प्याराग्लाइडिङ प्रदर्शन राखिएको छ। साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, विभिन्न जातजातिको झाँकी, लोकसंस्कृति झल्काउने कार्यक्रम, स्थानीय परिकारको प्रदर्शनी तथा बिक्रीसमेत समावेश गरिएको छ।

धार्मिक पर्यटकलाई लक्षित गर्दै भजन–कीर्तन, पूजाआराधना, धार्मिक अनुष्ठान तथा मेलाको पनि आयोजना गरिएको छ। महोत्सव संचालन समितिका संयोजक दिनेश श्रेष्ठ का अनुसार आगन्तुकहरूले स्थानीय उत्पादन, हस्तकला र परम्परागत खानाको स्वाद लिन सक्नेछन्।

समुद्री सतहबाट करिब १,७०० मिटर उचाइमा रहेको रौता पोखरी करिब एक बिघा क्षेत्रफलमा फैलिएको छ र सदरमुकाम गाईघाटबाट करिब २० किलोमिटर उत्तरमा अवस्थित छ। यो महोत्सवले उदयपुरलाई नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।