काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा पाटन उच्च अदालतको अन्तरिम आदेशपछि रोकिएको छ।
अदालतले अन्तरिम आदेश जारी गरेसँगै तय गरिएको साधारणसभा स्थगित गरिएको हो।
महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले अदालतको आदेशका कारण साधारणसभा तत्कालका लागि स्थगित गरिएको जानकारी दिए। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले विधानविपरीत महासंघबाट हटाएको भन्दै दिएको रिटको कारण साधारणसभा रोकिएको हो ।
एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले अदालतमा मुद्दा दायर गरेका थिए। सोही मागका आधारमा अदालतले साधारणसभा रोक्न अन्तरिम आदेश दिएको महासंघले जनाएको छ।
पेट्रोलियम ढुवानी व्यवसायी महासंघसहित सात संस्थाले चैत २२ गते उच्च अदालतमा रिट दायर गरेका थिए। त्यसपछि चैत २३ गते न्यायाधीश स्वीकृति पराजुलीले कारण देखाउ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेकी थिइन्।
लगत्तै चैत २५ गते न्यायाधीश गीताप्रसाद तिम्सिना र खड्कबहादुर केसीको इजलासले प्रमाण मिसिल पेश गर्न आदेश दिएको थियो। अन्ततः चैत २६ गते न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै महासंघको साधारणसभा रोक्न निर्देशन दिएको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।