लोड हुँदैछ...

मेनु

बढ्यो सार्वजनिक यातायातको भाडा

बढ्यो सार्वजनिक यातायातको भाडा

विराटनगर । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । वैज्ञानिक भाडा दर समायोजन व्यवस्था अनुसार यात्रुवाह सवारीको भाडा साविकको दरमा १६.७१ प्रतिशतले बढाउने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौंलाले जानकारी दिए ।

यसैगरी मालवाह सवारीतर्फ पहाडी क्षेत्रका लागि २१.६८ प्रतिशतले भाडा वृद्धि गर्ने सहमति भएको छ भने मालवाह तराई क्षेत्रका लागि साविकको भाडा दरमा १५.७५ प्रतिशतले वृद्धि गर्ने निर्णय भएको छ ।

खाडी मुलुकमा चर्किएको युद्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिसँगै मूल्यमा असर परेको थियो । नेपालमा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।

तेलको मूल्य बढेसँगै व्यवसायीहरू भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिँदैआएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।