विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चालू आठौं अधिवेशन अन्त्य अन्त्य गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले सोमबार राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
कोशी प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८२ चैत २३ गतेको सिफारिस बमोजिम प्रदेश प्रमुखले सोही दिनको मध्यरातदेखि अधिवेशन अन्त्य गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा चैत २३ गते सोमबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौं अधिवेशन अन्त्य गरिएको जानकारी दिइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।