पाँचथर । सुख्खा पहिरोका कारण पाँचथरस्थित यासोक–वासागु–उत्तसडक अवरुद्ध भएको छ।
सडकअन्तर्गत पर्ने देउराली खण्डमा सडकमुनिबाट करिब १५ मिटर क्षेत्र ढाकेर पहिरो खसेपछि शनिबार साँझदेखि यातायात तथा ढुवानी सेवा पूर्ण रूपमा ठप्प भएको हो।
सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने क्रममा रहेको क्षेत्रमा नै पहिरो खसेर सडक बगेकाले आवागमन अवरुद्ध भएको गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले जानकारी दिए। उनका अनुसार सडक सञ्चालनमा ल्याउन तीनवटा स्काभेटर प्रयोग गरी नयाँ ट्र्याक खोल्ने काम भइरहेको छ।
चट्टानी भूगोल र ठूलो क्षतिको कारण सडक खुलाउन करिब तीन दिन लाग्ने अनुमान गरिएको छ। हाल उक्त सडकखण्डमा दुईपाङ्ग्रे र चारपाङ्ग्रेसहित सबैखाले सवारी साधन पूर्ण रूपमा रोकिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।