लोड हुँदैछ...

मेनु

महासंघ कोशीको आठौं प्रदेश सभाबाट नयाँ नेतृत्व चयन हुँदै

महासंघ कोशीको आठौं प्रदेश सभाबाट नयाँ नेतृत्व चयन हुँदै

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आठौं प्रदेश सभा आजदेखि विराटनगरमा सुरु हुँदैछ । सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले गर्ने कार्यक्रम तय भएको छ ।

यस प्रदेश सभाले महासंघ कोशीको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । नेतृत्वका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र मोरङ व्यापार संघका पूर्व अध्यक्ष नविन रिजालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । राउत दोस्रो कार्यकालका लागि पुनः उम्मेदवारी दिने तयारीमा छन् भने रिजालले पनि नेतृत्वका लागि आफ्नो दाबेदारी बलियो बनाएका छन् ।

नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहे पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन । सहमति हुन नसकेको खण्डमा दुई पक्षबीच निर्वाचनमार्फत नेतृत्व छनोट हुने सम्भावना छ । यस सभामा कोशी प्रदेशका विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहनेछ, जसले महासंघको आगामी कार्यदिशा र नेतृत्व तय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।