लोड हुँदैछ...

मेनु

कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा जोड

कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा जोड

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कोशी प्रदेशको विराटनगरमा चार दिने ‘टुर प्रोडक्ट डेभलपमेन्ट’ (टुर उत्पादन विकास) तालिम सुरु गरेको छ ।

दिगो पर्यटन परियोजना (नेपाल पर्यटन बोर्ड ) र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल—सँगको सहकार्यमा शुक्रबारदेखि विराटनगर एयरपोर्ट होटलमा तालिम सुरु भएको हो ।

आगामी चैत २४ गते सम्म चल्ने यस कार्यक्रमको मुख्य उद्देश्य पर्यटन व्यवसायीहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई बजारमैत्री र प्रतिस्पर्धात्मक टुर प्याकेजहरू बनाउन सीप प्रदान गर्नु रहेको छ ।

विशेष गरी कोशी प्रदेशमा रहेका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरहरूलाई समेटेर नयाँ पर्यटकीय उत्पादनहरू विकास गर्न तालिमले सघाउ पुर्‍याउने नाट्टाले जनाएको छ । तालिममा सहभागीहरूलाई दिगो पर्यटन अभ्यास र आगन्तुकहरूका लागि उत्कृष्ट अनुभव प्रदान गर्ने तरिकाहरू सिकाइनेछ ।

नाट्टा कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईको नेतृत्वमा सञ्चालित यस कार्यक्रममा उद्योग विज्ञ विनय शाक्यले प्रशिक्षण दिइररहेका छन् । शाक्यले पर्यटन क्षेत्रका वास्तविक चुनौती र अवसरहरूलाई मध्यनजर गर्दै व्यवहारिक र अन्तरक्रियात्मक विधिबाट प्रशिक्षण दिइरहनुभएको आयोजकले बताएका छन् ।

विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको यस कार्यक्रमको समन्वय नाट्टाकी कार्यकारी सदस्य श्रद्धा जोशीले गरिकी छिन् ।

कोशी प्रदेशलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ आयोजित यस तालिमले पर्यटन क्षेत्रको व्यावसायिकता बढाउने अपेक्षा गरिएको छ । नाट्टाले यस अभियानमा सहयोग पुर्‍याउने नेपाल पर्यटन बोर्ड र यूएनडीपीप्रति आभार समेत प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds