लोड हुँदैछ...

मेनु

दुई मोटरसाईकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

दुई मोटरसाईकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई जना घाइते भएका छन् ।

दुर्घटनामा इटहरी–२ शान्तिनगरका करिब ५० वर्षे अमरबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल एकआपसमा शुक्रबार साँझ ठोक्किला भुजेल गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई घाइते भएको प्रहरीले जनाएको छ।

राईको धरानस्थित बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मै उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।