लोड हुँदैछ...

मेनु

प्रदेश र स्थानीय तहलाई ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण पठाउन निर्देशन

प्रदेश र स्थानीय तहलाई ३ दिनभित्र स्वीकृत दरबन्दीको विवरण पठाउन निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेश सरकार र मातहतका सम्पूर्ण निकायहरूलाई आफ्नो स्वीकृत दरबन्दीको एकमुष्ट विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको छ।

मन्त्रालयको सङ्गठन विकास शाखाले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्ने प्रयोजनका लागि उक्त विवरण माग गरेको हो।

मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ, ‘सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्न तहाँ प्रदेश अन्तर्गतका सम्पूर्ण निकायहरूको स्वीकृत दरबन्दीको एकमुष्ट विवरण तयार गरी ३ दिनभित्र उपलब्ध गराइदिनुहुन मन्त्रालय (सचिवस्तर)को निर्णयअनुसार अनुरोध छ।’

मन्त्रालयले सो विवरण मन्त्रालयको ईमेल ठेगानामा पठाउन निर्देशन दिएको छ। २०८२ चैत २० गतेको सचिवस्तरीय निर्णयअनुसार शाखा अधिकृत सुरेश खनालले सो पत्र काटेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।