लोड हुँदैछ...

मेनु

जेनजी आन्दोलनका क्रममा फरार दुई प्रतिवादी ७ महिनापछि पक्राउ

जेनजी आन्दोलनका क्रममा फरार दुई प्रतिवादी ७ महिनापछि पक्राउ

विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय पथरीको हिरासतबाट फरार भएका दुईजना प्रतिवादीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । लागू औषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका बेला गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा उनीहरु फरार भएका थिए ।

पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका वडा नं. ३ बस्ने २४ वर्षीय सुवर्ण राई र २१ वर्षीय सुमन राई रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको विशेष प्रहरी टोलीले चैत १९ गते उनीहरुकै घर ठेगानामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, २०८० भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा सिर्जना भएको तनावपूर्ण स्थितिको फाइदा उठाउँदै यी दुई प्रतिवादी हिरासतबाट भाग्न सफल भएका थिए । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय पथरीमा राखेर आवश्यक कानुनी कारबाही र थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।