काठमाडौँ । नेकपा (एमाले) सम्बद्ध युवाहरूले आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएका छन् । हिजो महासचिव शंकर पोखरेलको पुतला जलाउने समूहका युवाहरूले नै आज दिउँसो १ बजे धर्ना दिन लागेका हुन् ।
पार्टी नेतृत्वले बदलिँदो परिस्थितिअनुकूल एमालेलाई अगाडि बढाउन नसकेको भन्दै उनीहरू असन्तुष्ट बनेका छन् । विशेषगरी संसदीय दलको नेता चयनका क्रममा नेतृत्वले गम्भीर त्रुटि गरेको उनीहरूको आरोप छ ।
संसदीय दलको नेता चयन गर्दा भएका निर्णयहरू सच्याउनु पर्ने र पार्टीका विभिन्न जिम्मेवारीमा युवाहरूलाई प्राथमिकताका साथ अघि बढाउनु पर्ने माग उनीहरूले राख्दै आएका छन् । सोही मागहरू पूरा गर्न दबाब दिने उद्देश्यले आज पार्टी कार्यालयमा धर्ना दिन लागिएको युवा समूहले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।