काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ । दिउँसो २ बजे सुरु हुने बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको बुँदा नम्बर ७ मा गृहमन्त्री गुरुङले अध्यादेशहरू पेश गर्ने तालिका तय गरिएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार गृहमन्त्री गुरुङले आजको बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’,‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा ९दोस्रो संशोधन० अध्यादेश, २०८२’ पेश गर्न लागेका हुन्। आजको बैठकमा यी अध्यादेशहरूको प्रस्तुतीकरणलाई मुख्य कार्यसूचीका रूपमा राखिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।