लोड हुँदैछ...

मेनु

प्रचण्डको अन्तिम क्रमभंग हेर्न बाँकी नै छ,म घण्टी बजाएर बस्ने भिक्षु होइन : अध्यक्ष प्रचण्ड

प्रचण्डको अन्तिम क्रमभंग हेर्न बाँकी नै छ,म घण्टी बजाएर बस्ने भिक्षु होइन : अध्यक्ष प्रचण्ड

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक जीवनमा अझै एउटा निर्णायक ‘क्रमभंग’ बाँकी रहेको उद्घोष गरेका छन् । । विराटनगरमा आयोजित प्रदेश कमटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू राजनीतिबाट विश्राम लिने पक्षमा नरहेको स्पष्ट पारे ।

‘प्रचण्डको अन्तिम क्रमभंग हेर्न बाँकी नै छ,’ उनल भने , ‘म बुद्ध भिक्षु भएर घण्टी बजाउन आएको होइन, फेरि एकपटक देशलाई समाजवादी आन्दोलनतिर लैजान क्रमभंग गरिनेछ ।’अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कडा कटाक्ष गर्दै उनीहरूले आफ्नो वास्तविक चरित्र छिट्टै उदांगो पारेको टिप्पणी गरे । रास्वपालाई व्यङ्ग्यात्मक शैलीमा धन्यवाद दिँद उनले भने ‘उनीहरूले छिट्टै आफू को हो भन्ने कुरा क्लियर गरिदिए । अब हाम्रा साथीहरू उता जाने लोभ ६० प्रतिशतले घटिसकेको देखेको छु । अब बरु बोले पनि घामै जाती, पिटे पनि आफ्नै आमा जाती, आफ्नै पार्टी जाती ।’

प्रचण्डले आगामी महाधिवेशनसम्म पुग्दा तल्लो तहदेखि केन्द्रसम्मै निर्वाचित नेतृत्व स्थापित गर्ने घोषणा गरे । युवा पुस्तामा नेतृत्व सुम्पन आफू आतुर रहेको बताउँदै उनले अब यसलाई जिताउनुस् भनेर कसैलाई नतोक्ने र कार्यकर्ताको हातमा अधिकार दिने प्रतिबद्धता व्यक्त गरेका छन् । विगतका रणनीतिक गल्तीहरू सुधार्दै नयाँ ढङ्गको पार्टी निर्माण गर्ने उनके भनाइ थियो ।

नेकपा र बलिदानको जगमा उभिएको भन्दै प्रचण्डले यसलाई हड्डी भएको पार्टीको संज्ञा दिएका छन् । ‘यो पार्टी अल्गोरिदमको म्यानिपुलेसन वा विदेशी डलर खाएर बनेको होइन, आफ्नै रगत पसिनाले बनेको हो,’ उनले भने अझै पनि देश र राष्ट्रिय स्वाधीनताका निम्ति लड्ने हजारौँ कार्यकर्ता यसै पार्टीमा छन्, जसमा अझै दम बाँकी छ ।’


राजनीतिक समीकरणबारे बोल्दै प्रचण्डले नेकपा (एमाले) सँग तत्काल पार्टी एकता नभए पनि संसद, सडक र आगामी निर्वाचनमा सहकार्य हुने खुलासा गरे । समाजवादी मोर्चामा रहेका दलहरूसँग छिट्टै एकता हुने जानकारी दिँदै उनले े मुद्दाका आधारमा नेपाली कांग्रेस र मधेशवादी दलहरूसँग पनि मोर्चा बनाएर अघि बढ्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।