लोड हुँदैछ...

मेनु

लागुऔषधसहित ६ जना पक्राउ

लागुऔषधसहित ६ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय का अनुसार मंगलबार विभिन्न स्थानमा गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।

धरान–११ का विनायक सुवेदीलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर–१५ बाट २४ एम्पुल प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ। यस्तै, उदयपुर चौदण्डी–४ का पर्वत राईलाई इलाका प्रहरी कार्यालय भण्टाबारी ले ३० ट्याब्लेट प्रतिबन्धित औषधीसहित नियन्त्रणमा लिएको छ।

यसैगरी, वडा प्रहरी कार्यालय भद्रपुर को टोलीले भद्रपुर–५ बाट स्कुटरमा सवार मेचीनगर–१२ का सन्तोष लिम्बुसहित ओमनारायण मण्डल र पूजनकुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यसैगरी, मोटरसाइकलमा सवार भद्रपुर–९ का रेसल खड्का, सन्दिप राजबंशी र प्रवीण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उता, इलाका प्रहरी कार्यालय अनारमनी ले दमक–८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।