काठमाडौँ । नेकपा (एमाले) ले आजका लागि सचिवालय बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछिको विकसित परिस्थिति र पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ। बैठकमा अध्यक्ष ओलीको पक्राउ पछिको उत्पन्न राजनीतिक अवस्थाको समीक्षा, पार्टीले चाल्ने आगामी कदम र विरोधका कार्यक्रमहरूका बारेमा छलफल हुने बताइएको छ।
पार्टीका शीर्ष नेताहरू सहभागी हुने यस बैठकले वर्तमान राजनीतिक गतिरोध र कानुनी प्रक्रियाका विषयमा समेत ठोस निर्णय लिने बुझिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।