काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सिफारिसका आधारमा राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए। सरकारले चैत १९ गते बिहीबार दिउँसो २ बजे बस्नेगरी अधिवेशन बोलाउन सिफारिस गरेको थियो । जसअनुसार दुवै सदनको बैठक तय गरिएको छ।
गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै पहिलोपटक संघीय संसद्को अधिवेशन आह्वान गरिएको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।