काठमाडौँ । सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न शाहको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त कार्यदलमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि समावेश गरिनेछ । सबै दलहरूको प्रतिनिधित्व रहने गरी समावेशी रूपमा कार्यदलले काम गर्ने सरकारको योजना छ ।
‘संविधानलाई समयसापेक्ष परिमार्जन गर्न र राजनीतिक दलहरूबीच साझा धारणा बनाउन यो कार्यदलले भूमिका खेल्नेछ,प्रवक्ता पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।