लोड हुँदैछ...

मेनु

मकैबारीभित्र नवजात शिशु फेला, उद्धारपछि अस्पताल भर्ना

मकैबारीभित्र नवजात शिशु फेला, उद्धारपछि अस्पताल भर्ना

दमक । झापाको कमल गाउँपालिका–३ केर्खास्थित मकैबारीभित्र बेवारिस अवस्थामा एक नवजात बालिका फेला परेकी छन्।

आज बिहान करिब ६:१० बजे स्थानीय ४८ वर्षीय लीलाराज थापाले आफ्नै घर नजिकैको करेसाबारीभित्र रहेको मकैबारीमा शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा शिशुको उद्धार गरेको हो।

उद्धारपछि शिशुलाई उपचारका लागि दमकस्थित किओच बाल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। हाल शिशुको अवस्था सामान्य रहेको बताइएको छ।

प्रहरीले शिशुको आमा तथा सम्बन्धित व्यक्तिको पहिचान र खोजतलास तीव्र पारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।