लोड हुँदैछ...

मेनु

ताप्लेजुङमा लेक लागेर योजना अधिकृत हमालको मृत्यु

ताप्लेजुङमा लेक लागेर योजना अधिकृत हमालको मृत्यु

ताप्लेजुङ । समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको लेक लागेर मृत्यु भएको छ।

कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय हमाल कामको सिलसिलामा फक्ताङलुङ गाउँपालिका–६ स्थित लोनाक क्षेत्रमा पुगेका बेला उच्च हिमाली क्षेत्रमा लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जटाशङ्कर यादवका अनुसार हमाल समृद्ध पहाड संस्थाका योजना अधिकृतका साथै कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनामा समेत कार्यरत थिए।

उच्च हिमाली क्षेत्रमा कार्यरत रहने क्रममा शनिबार बिहान लेक लागेर बिरामी परेका हमालको सोही क्षेत्रमा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न काठमाडौं ल्याइएको छ। प्रहरीका अनुसार एभरेष्ट एयरको हेलिकप्टरमार्फत शव राजधानी ल्याइएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।