लोड हुँदैछ...

मेनु

पूर्वमन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ, गृहमन्त्रीद्वारा पुष्टि

पूर्वमन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ, गृहमन्त्रीद्वारा पुष्टि

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणको गम्भीर कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको छ। आइतबार बिहान पक्राउ परेका खड्कामाथि लागेको आरोपबारे गृहमन्त्री सुधन गुरुङले सार्वजनिक रूपमा जानकारी दिएका हुन्।

गृहमन्त्री गुरुङका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिइएको हो। खड्कालाई दिइएको पक्राउ पुर्जीमा पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने भएकाले तत्काल पक्राउ गर्नुपरेको स्पष्ट उल्लेख गरिएको छ।

अवैध रूपमा सम्पत्ति आर्जन गरेको र त्यसलाई लुकाउने वा वैध बनाउने प्रयास गरेको अभियोगमा उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निगरानी बढाउँदै आएको थियो। पछिल्लो समय उनको बूढानीलकण्ठस्थित घरमा भएको घटना र स्काउटको जग्गा विवादपछि उनीमाथि सम्पत्तिको स्रोतलाई लिएर प्रश्न उठ्दै आएको थियो।

गृहमन्त्रीले खड्काको पक्राउलाई सुशासन र कानुनी राज्यको पालनासँग जोडेर व्याख्या गरेका छन्। खड्कामाथि लागेको यो कसुर पुष्टि भएमा उनीमाथि भारी जरिवाना र जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ। हाल उनलाई सीआईबीको हिरासतमा राखेर थप कानुनी प्रक्रिया र बयान लिने काम अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।