विराटनगर । तास खेलिरहेको अवस्थामा विराटनगरका नौ जना व्यापारी पक्राउ परेका छन्।
मोरङ प्रहरीले शनिबार राति छापा मारेर विराटनगरस्थित बंशी राठीको घरबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा शेरसिंह दुगड, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, बलराम खत्री, महेश राठी, बजरङ्ग राठी, सुशिल मुन्दडा र विनीतलाल लालबनी रहेका छन्। पक्राउ परेकामध्ये शेरसिंह दुगड विराटनगर–२ का वडा सदस्य हुन्। उनी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।
प्रहरीले उनीहरूको साथबाट झन्डै एक लाख रुपैयाँ बरामद गरेको जनाएको छ। तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आइतबार म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीले बताएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।