लोड हुँदैछ...

मेनु

ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताद्वारा काठमाडौँमा प्रदर्शन

ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विरोधमा शनिबार बिहानैदेखि काठमाडौँमा प्रदर्शन सुरु भएको छ।
प्रहरीले अध्यक्ष ओलीलाई शनिबार बिहान भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएलगत्तै एमालेका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।

राजधानीको चाबहिल चोकमा भेला भएका एमाले कार्यकर्ताहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। उनीहरूले ‘राजनीतिक प्रतिशोध बन्द गरु, ‘हाम्रो अध्यक्षलाई ससम्मान रिहा गर’ र सरकारको तानाशाही कदम चल्दैन जस्ता नारा लगाएका छन्।

प्रदर्शनका कारण चाबहिल क्षेत्रको सवारी आवागमन केही समय प्रभावित भएको छ। प्रदर्शनमा एमालेका स्थानीय नेतादेखि भ्रातृ संगठनका कार्यकर्ताहरूको उपस्थिति रहेको छ।
जेन–जी आन्दोलनका क्रममा भएका मृत्युसम्बन्धी घटनामा अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान पक्राउ गरेको हो। एमालेले यस पक्राउलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भन्दै देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।
काठमाडौँका अन्य मुख्य चोकहरूमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ भने एमाले कार्यकर्ताहरू विभिन्न स्थानमा भेला हुने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।