लोड हुँदैछ...

मेनु

बालेन शाहको मन्त्रिपरिषद्‌मा सुधन गुरुङ गृहमन्त्री बन्ने पक्का

बालेन शाहको मन्त्रिपरिषद्‌मा सुधन गुरुङ गृहमन्त्री बन्ने पक्का

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । गोरखा–१ बाट निर्वाचित सांसद गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी अन्तिम चरणमा पुगेको हो ।

प्रहरी स्रोतले पनि गुरुङ गृहमन्त्री बन्न लागेको पुष्टि गरेको छ । गुरुङलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेबीच ठोस सहमति भएको स्रोतको दाबी छ ।

नेपालमा भएको (जेनजी) आन्दोलनका क्रममा नेतृत्वदायी भूमिका खेलेर चर्चामा आएका गुरुङ युवा पुस्तामाझ लोकप्रिय छन् । उनले निर्वाचनअघि रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई एकै ठाउँमा ल्याउन र सहकार्यको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि, निर्वाचनको केही समयअघि कुलमान घिसिङ रास्वपाको प्रक्रियाबाट बाहिरिएका थिए ।

गुरुङको राजनीतिक र सामाजिक छवि ‘क्लिन’मानिन्छ । ‘जेनजी’ आन्दोलनकै क्रममा उनको सामीप्यता पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँग बढेको थियो । कार्कीले गुरुङलाई आफ्नो जेठो छोरो मान्छिन् भने गुरुङले पनि उनलाई आमा भन्दै सम्मान प्रकट गर्ने गरेका छन् ।

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने दुवैको विश्वास पात्र रहेका कारण गुरुङलाई गृह प्रशासनको नेतृत्व सुम्पिन लागिएको बुझिएको छ । गोरखा–१ बाट प्रत्यक्ष निर्वाचित सांसद भएकाले पनि उनलाई मन्त्री बनाउन थप सहज भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।