काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् ।
हालै सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेसँगै शाहलाई संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार नवनियुक्त प्रधानमन्त्री शाहको पद तथा गोपनीयताको शपथ ग्रहण आजै मध्याह्न शीतल निवासमा हुने गरी तयारी पुरा गरिएको छ।
यसअघि, बिहीबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको थियो। संसदीय दलको नेता चयन भएसँगै उहाँलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो।
काठमाडौँको महानगर प्रमुखका रूपमा चर्चामा रहेका शाहले राष्ट्रिय राजनीतिमा प्रवेश गरी छोटो समयमै मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । शपथ ग्रहण समारोहमा उच्चपदस्थ सरकारी अधिकारी, राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ। आजै प्रधानमन्त्रीसँगै सानो आकारको मन्त्रिपरिषद् समेत गठन हुने सम्भावना रहेको बुझिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।