काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ ।
यस समारोहका लागि सचिवालयले सम्पूर्ण तयारी पूरा गरिसकेको छ भने ४७ जना सांसदले नेपालीबाहेकका मातृभाषामा शपथ लिने तयारी गरेका छन् । सांसदहरूलाई आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा २ घण्टा अगावै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।
यस पटकको प्रतिनिधिसभामा रास्वपाले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाल कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।