लोड हुँदैछ...

मेनु

रास्वपाको बैठक बस्दै, बालेनलाई संसदीय दलको नेता बनाइने

रास्वपाको बैठक बस्दै, बालेनलाई संसदीय दलको नेता बनाइने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो ४ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । नवनिर्वाचित सांसदहरूले आज संघीय संसद् भवन, सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै रास्वपाले महत्वपूर्ण निर्णय लिन बैठक बोलाएको हो ।

केन्द्रीय समितिको बैठक सकिएलगत्तै संसदीय दलको बैठक बस्ने कार्यतालिका छ । उक्त बैठकबाट बालेन्द्र साह (बालेन)लाई संसदीय दलको नेता चयन गर्ने तयारी पार्टीले गरेको छ । बैठकमा संसदीय दलको नेता छनोटका साथै अन्य विविध राजनीतिक एजेण्डाहरूमा समेत छलफल हुने जनाइएको छ ।

संसदीय दलको नेता चयन गरेलगत्तै रास्वपाले राष्ट्रपति कार्यालयमा सरकार गठनका लागि दाबी पेश गर्नेछ ।

आज संसदीय दलको नेताको प्रक्रिया टुङ्ग्याएर भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी रहको जनाइएको छ । स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।