लोड हुँदैछ...

मेनु

कोमलकुमारी हत्या प्रकरण : शव व्यवस्थापनमा सघाउने जेठाजु पनि पक्राउ

कोमलकुमारी हत्या प्रकरण : शव व्यवस्थापनमा सघाउने जेठाजु पनि पक्राउ

विराटनगर । विराटनगर – १५ हर्ताली हाटकी ३२ वर्षीया कोमलकुमारी साहको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका जेठाजु ४६ वर्षीय दिपेन्द्र साह रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी लिलाराज लामिछानेका अनुसार, दिपेन्द्रले भाइ रोशनलाई शव व्यवस्थापनमा सहयोग पुर्‍याएको देखिएको छ । हत्यापछि शवलाई सिटी सफारीमा राखेर फाल्न सहयोग गरेको भन्दै उनलाई मतियारुको रूपमा पक्राउ गरिएको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले कोमलकुमारीका श्रीमान् रोशन साहलाई हत्या आरोपमा पक्राउ गरिसकेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र बयानका क्रममा रोशनले ुपरपुरुषसँगको सम्बन्धु लाई लिएर श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।

घटना विवरण अनुसार, गत चैत ६ गते मध्यरातमा रोशनले श्रीमतीको हत्या गरेका थिए । हत्यापछि उनले घरदेखि करिब ४ किलोमिटर पूर्व विराटनगर १७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्टमुनि शव फालेका थिए । घटनाको खुलासा भने चार दिनपछि गत मंगलबार मात्र भएको थियो ।

शव भेटिएको चार घण्टाभित्रै अभियुक्त पक्राउ गर्न सफल भएको प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । इलाका प्रहरी कार्यालय रानीले मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा विस्तृत अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds