लोड हुँदैछ...

मेनु

किशोरीलाई बलात्कार गरेको आरोपमा सिटी सफारी चालक पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा सिटी सफारी चालक पक्राउ

विराटनगर । सुनसरीमा आफ्नै सिटी सफारी (ई–रिक्सा) मा चढेकी किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा चालक पक्राउ परेका छन्।

प्रहरीले रामधुनी नगरपालिका निवासी रोशनबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको हो।

पीडित किशोरीको किटानी जाहेरीअनुसार आरोपितले धरान स्थित साकेला पार्क नजिकको जंगलमा लगेर हात बाँधेर कुटपिट गर्नुका साथै जबर्जस्ती करणी गरी मोबाइलसमेत लुटेको उल्लेख छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार चैत ६ गते साँझ १९ वर्षीया युवती सफारीमा चढेपछि अपहरणमा परेकी हुन्।

चालकले किशोरीलाई गलत बाटो हुँदै एकान्त जंगल क्षेत्रमा पुर्‍याएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पीडित सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँस्थित मावली घरबाट कपडा लिन धरान आएकी थिइन्। फर्किने क्रममा भोटेपुल क्षेत्रमा बसको प्रतीक्षा गरिरहेका बेला चालकले इटहरी पुर्‍याइदिने भन्दै सफारीमा चढाएको बताइएको छ।

प्रहरीका अनुसार आरोपीले किशोरीलाई कुटपिट गरी अचेत बनाएका थिए। घटनास्थल आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययनपछि सवारीसाधन पहिचान गरी आरोपीलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds