लोड हुँदैछ...

मेनु

जेन्जी आन्दोलनमा इटहरीको दमकल जलाएको कारण आगो नियन्त्रणमा समस्या, लाखौंको क्षति

जेन्जी आन्दोलनमा इटहरीको दमकल जलाएको कारण आगो नियन्त्रणमा समस्या, लाखौंको क्षति

इटहरी । सुनसरीको इटहरी स्थित पूर्वाञ्चल क्याफे परिसरमा बुधबार बिहान लागेको आगो समयममै नियन्त्रणमा लिन नसक्दा ठूलो क्षति भएको छ ।

क्याफेको भान्सा कोठा मर्मतको क्रममा निस्किएको झिल्कोका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीयका अनुसार आगो निभाउन ढिलाइ हुनुको मुख्य कारण इटहरीमै दमकल नहुनु हो। गत २४ भदौमा भएको जेन–जी आन्दोलन का क्रममा इटहरी उपमहानगरपालिकाका दुवै दमकल जलाइएको थियो । उपमहानगरपालिकाका दलमक र नगर प्रहरीको सवारी साधन पनि जलाइएको कारण आगलागी नियन्त्रण गर्न अन्य पालिकाबाट दमकल मगाउनु पर्ने अवस्था छ ।

इटहरी चोकमै लागेको आगो नियन्त्रणका लागि धरान, दुहवी, रामधुनी, इनरुवा, विराटनगर र सुन्दरहरैंचा लगायत स्थानबाट दमकल मगाइएको थियो। सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो अन्ततः नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागीबाट क्याफेको भान्सा, सामग्री तथा उपकरणहरू जलेर करिब ३५ लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds