लोड हुँदैछ...

मेनु

विराटनगरमा ३२ ग्राम ब्राउन सुगरसहित भारतीय युवक पक्राउ

विराटनगरमा ३२ ग्राम ब्राउन सुगरसहित भारतीय युवक पक्राउ

विराटनगर । विराटनगर महानगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित एक भारतीय युवक पक्राउ परेका छन्।

भारत, बिहारका २९ वर्षीय मसुल अन्सारीलाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो।

जोगवनी बाट पैदल नेपाल प्रवेश गर्दै आएका उनलाई विराटनगर–१५ स्थित १ नम्बर ढाटबाट साँझ करिब ६ः३० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको थियो।

प्रहरीका अनुसार अन्सारीको साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद गरिएको छ। उनलाई हाल इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।

प्रहरी निरीक्षक कविन राईको नेतृत्वमा घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ। उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds