काठमाडौं । काठमाडौंमा हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग परिसरमा नाराबाजी गरेका छन्।
‘महिला अधिकार सुनिश्चित गर’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला आयोग किन चुप रु’, ‘इनिशा बिक र रेस्मिका परियारलाई न्याय देऊ’ लगायतका नारासहित पीडित पक्षले प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरूले सुर्खेतकी इनिशा बिकको बलात्कारपछि हत्या प्रकरणको शीघ्र छानबिन गर्न तथा खोटाङ की रेस्मिका परियारको हत्या घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्। यसअघि माइतीघर मण्डला मा धर्ना बस्दा पनि न्यायको सुनुवाइ नभएको भन्दै उनीहरूले महिला आयोगको ध्यानाकर्षण गराएका हुन्।
पीडित पक्षको मागमा खोटाङ सेवा समाजले पनि ऐक्यबद्धता जनाएको छ। समाजका सचिव नवराज रोकाले पीडितले छिटो न्याय पाउनुपर्ने र दोषीलाई कडा सजाय हुनुपर्ने बताएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।