लोड हुँदैछ...

मेनु

सुनको मूल्यमा भारी गिरावट : एकैदिन तोलामा १२ हजार ५०० रुपैयाँले घट्यो

सुनको मूल्यमा भारी गिरावट : एकैदिन तोलामा १२ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेको हो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरेको छ। यसअघि अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।