लोड हुँदैछ...

मेनु

६ वर्षपछि लिपुलेक भञ्ज्याङबाट भारतचीन व्यापार पुनः सुरु हुँदै

६ वर्षपछि लिपुलेक भञ्ज्याङबाट भारतचीन व्यापार पुनः सुरु हुँदै

काठमाडौँ । भारतले आगामी जुन महिनादेखि नेपालको लिपुलेक भञ्ज्याङमार्फत चीनसँगको सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेको छ। सन् २०२० मा कोभिड–१९ महामारीका कारण बन्द भएको यो ऐतिहासिक व्यापारिक मार्ग ६ वर्षपछि पुनः सञ्चालनमा आउन लागेको हो।

टाइम्स अफ इन्डियाका अनुसार व्यापारिक अवधि जुनदेखि सेप्टेम्बरसम्म रहने अपेक्षा गरिएको छ। मौसमको अवस्था हेरेर यस अवधिलाई थप विस्तार गर्न सकिने बताइएको छ। उच्च हिमाली क्षेत्रमा सडक कनेक्टिभिटीमा सुधार आएकाले यस वर्ष व्यापारीहरूको सहभागिता बढ्ने भारतीय अधिकारीहरूको अनुमान छ।

लिपुलेक नेपाली भूभाग हो र नेपालले आफ्नो आधिकारिक नक्सामा यसलाई समेटिसकेको छ। यद्यपि, नेपालको दाबी र विरोधका बाबजुद भारत र चीनले सोही भूभागलाई द्विपक्षीय व्यापारिक नाकाका रूपमा प्रयोग र विस्तार गर्दै आएका छन्। कोभिडका कारण लामो समय ठप्प रहेको यो नाका पुनः सञ्चालनमा आउनुलाई दुई देशबीचको व्यापारिक सम्बन्धमा महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।