काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले नेपाली राजनीतिमा अपरिहार्य पुस्तान्तरण गरेको विश्लेषण गरेका छन्। सामाजिक सञ्जालमार्फत निर्वाचन परिणामको व्याख्या गर्दै उनले अबको राजनीतिलाई ‘डिजिटल र एआई’ युगतर्फको फड्कोका रूपमा अर्थ्याएका हुन्।
डा. भट्टराईले नयाँ संसद्मा युवाको बाक्लो उपस्थितिलाई प्रमुख उपलब्धिका रूपमा लिएका छन्। ‘४० वर्ष मुनिका सांसद १०२ जना अर्थात् करिब ३८ प्रतिशत हुनु भनेको नेपाली राजनीतिले अब डिजिटल र एआई युगतर्फ फड्को हानिसक्यो भन्ने हो,’ उनले उल्लेख गरेका छन्।
निर्वाचन परिणामलाई विभिन्न ढंगले व्याख्या गरिए पनि यसपटकको नतिजाले राजनीतिमा पुस्तान्तरणको प्रक्रियालाई ‘उल्टाउनै नसक्ने’ गरी स्थापित गरिदिएको डा. भट्टराईको दाबी छ।
परिवर्तित राजनीतिक माहोल र युवाको आकर्षणलाई आत्मसात् गर्न नसक्ने दल र नेतृत्वको भविष्य संकटमा पर्ने चेतावनी दिँदै उनले लेखेका छन्, ‘यो तथ्यलाई आत्मसात् गर्न नसक्ने दल र नेतृत्वको भविष्य के हुन्छ, आफैँ बुझ्ने कुरा हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।