लोड हुँदैछ...

मेनु

देशभर बदली : पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

देशभर बदली : पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो पहाडी र हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने तराईमा आंशिक बादल लाग्नेछ। कोशी र लुम्बिनी प्रदेशका तराईसहित देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने तराईको मौसम सामान्यतया सफा रहनेछ। यद्यपि, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds