विराटनगर । अमेरिकी वित्त विभागले इरानी तेलमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ । निर्यातका लागि लोड भएर समुद्रमा रहेको कच्चा तेल विभिन्न मुलुकमा बिक्री गर्दा अमेरिकाले अवरोध नगर्ने भएको हो ।
अमेरिकाले वैश्विक बजारमा तेलको मूल्य कम राख्न उक्त कदम चालेको बीबीसीले जनाएको छ । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले एक्समार्फत् यो अल्पकालिक अनुमतिले झण्डै १४ करोड ब्यारेल तेल विश्व बजारमा पुग्ने बताइएको छ ।
बेसेन्टले इरानलाई यो बिक्रीबाट हुने कुनै पनि वित्तीय लाभसम्म पुग्न अप्ठ्यारो हुने पनि उनको भनाइ छ । यद्यपि अमेरिकाले तेल बिक्रीबाट लाभ उठाउन नसक्ने बरु थप क्षति हुने चेतावनी पनि इरानलाई दिएको छ ।
अहिले ब्रेन्ट क्रुड आयलको मूल्य झण्डै ११२ डलर प्रति ब्यारेल पुगेको छ । जुन शुक्रबार ३ प्रतिशत र पछिल्लो एक वर्षमा ५३ प्रतिशतले मूल्यवृद्धि हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।