नेपाली राजनीतिमा हारको जिम्मेवारी लिने र नैतिकताको आधारमा पद त्याग गर्ने संस्कृति निकै दुर्लभ छ । संघीय निर्वाचन–०८२ को नतिजापछि नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको राजीनामालाई लिएर कम्युनिष्ट वृत्तमा ‘स्टन्ट’ को संज्ञा दिइरहँदा, वर्षौंदेखि पार्टीको नेतृत्वमा टाँसिएका र चुनावमा नराम्रो पराजय भोग्दा पनि पद नछाड्ने कम्युनिष्ट नेताहरूको नैतिकतामाथि यतिबेला गम्भीर प्रश्न उठेको छ । अरूलाई गिज्याउनु भन्दा आफ्नै ओरालो लागेको साख र जवाफदेहिताप्रति कम्युनिष्ट नेतृत्व कति गम्भीर छ भन्ने विषयमा शिवकुमार डाँगीको यो विश्लेषण सान्दर्भिक छ:
संघीय निर्वाचन-०८२ पछि १ महिना पहिले अध्यक्ष बनेका नेपाली काग्रेसका सभापति गगन थापाले दिएकाे राजिनामालाई अधिकांश कम्युनिस्ट नेता/कार्यकर्ताले स्टनवाज भनिरहदा उब्जेकाे प्रश्न-
-३ वर्ष पहिले भएकाे संघीय निर्वाचनमा करिव २८ लाख समानुपातिक मत सहित ७९ स्थान विजय हासिल गर्ने एमालेले समानुपातिकमा आधा अर्थात १४ लाख ५५ हजार ८ सय ८५ मत, २५ सिट, ४९ जनाकाे जमानत जफत र पार्टी अध्यक्ष ओलीले करिव ५० हजार मतान्तरणमा पराजित भएपछि स्टनवाजकै लागि भएपनि राजिनामा दिए कति राम्रो हुनेथियो । ३ वर्ष पहिले करिव ११ लाख समानुपातिक मत प्राप्त गरेकाे तत्कालीन माओवादी र ३ लाख मत प्राप्त गरेकाे समाजवादी सहित २५ दलकाे एकता हुँदा ८ लाख ११ हजार ५ सय ७७ मत प्राप्त गर्ने, जम्मा १७ स्थानमा मात्र जित्ने, ९९ स्थानमा जमानत जफत हुने नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल र सहसंयाेजक माधव नेपालले स्टनवाजकै लागि मात्र भएपनि राजिनामा दिए कति राम्रो हुनेथियो ।
-३० काे दशकमा ठूलो कम्युनिस्ट पार्टीको नेतृत्व गर्दै ०३१ सालदेखि पार्टीको अध्यक्ष भएर बसेका माेहन विक्रम सिंहले नेतृत्व गरेकाे राष्ट्रिय जन माेर्चाले याे निर्वाचनमा २९ हजार ४ सय ५५ मत प्राप्त गरेका माेहन विक्रमसिंहले स्टनवाजकै लागि मात्र भएपनि राजिनामा दिए कति राम्रो हुनेथियाे । रात दिन प्रचण्डको आलोचना गरेर नथाक्ने बाबुराम भट्टराई -जनार्दन शर्माकाे पार्टी प्रलाेपाले यस निर्वाचनमा २४ हजार ६ सय ७५ मत प्राप्त गरेकाे छ । भट्टराई-शर्माले स्टनवाजकै लागि मात्र भएपनि राजिनामा दिएर नैतिकता देखाए कति राम्रो हुने थियाे । ०३५ सालदेखि नेपाल मजदुर किसान पार्टीको नेतृत्व गर्दै आएकाे राेहितकाे पार्टीले ४२ हजार ३ सय १ मत ल्याएकाे छ । यीनले पनि स्टनवाज कै रूपमा भएपनि राजिनामा दिए कति राम्रो हुनेथियो ।
-पहिलो पटक निर्वाचनमा भाग लिएकाे नेत्रविक्रम चन्द (क.विप्लव) काे नेकपाले २३ हजार ८ सय ४६ मत प्राप्त गरेकाे छ । ठूल्ठूला कुरा मात्र गर्ने घनश्याम भुषालले नेतृत्व गरेकाे नेकपा (सयुक्त) ले ४ हजार ५ सय १५ मत प्राप्त गरेको छ । सिपि मैनालीले नेतृत्व गरेकाे नेकपा (माले)ले ६ हजार १ सय ७२ मत पाएकाे छ । यीनले पनि स्टनवाजका लागि राजिनामा दिए कति राम्रो हुने थियाे । कम्युनिस्टकाे काम अरूलाई गिज्याउने मात्र हाे ? नैतिकता हुदैन ? गम्भीर भएर साेचाै, यहिबाट बहस सुरू गराै ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।