लोड हुँदैछ...

मेनु

फेसबुकमार्फत पत्रकारको चरित्रहत्या गर्ने एक पक्राउ

फेसबुकमार्फत पत्रकारको चरित्रहत्या गर्ने एक पक्राउ

धरान । सुनसरीको धरानमा सामाजिक सञ्जाल फेसबुकमार्फत महिला पत्रकारको चरित्रहत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१२ का फुर्वा शेर्पालाई असान्दर्भिक भिडियो पोस्ट गर्दै गालीगलौज र अपमानजनक टिप्पणी गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।

पीडित पत्रकारले उनीविरुद्ध किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय धरानमा विद्युतीय (साइबर) कारोबार ऐन, २०६३ अन्तर्गत दफा ४७ (१) अनुसार मुद्दा दर्ता गरिएको छ। घटनामा संलग्न अन्य चार जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक भिषणबाबु राईका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरू—निशा राई, सन्देश खालिङ, अगम राई र पूर्ण तामाङको खोजी कार्य तीव्र बनाइएको छ। प्रहरीले पक्राउ परेका शेर्पामाथि म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।