विर्तामोड । झापास्थित मेची भन्सार कार्यालय ले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ११ अर्बभन्दा बढि राजश्व संकलन गरेको छ ।
चालु वर्षको साउनदेखि फागुनसम्ममा ११ अर्ब ५८ करोड ६ लाख ३० हजार राजस्व संकलन गरेको छ हो । जुन लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार फागुन मसान्तसम्म रु १२ अर्ब ५ करोड ५८ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। फागुन महिनामा मात्रै १ अर्ब ६५ करोड ८० लाख ४ हजार रुपैयाँ राजस्व उठेको छ । जुन मासिक लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो ।
आठ महिनाको अवधिमा भन्सार महसुल शीर्षकमा ४ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ, निर्यात भन्सार महसुलमा २२ करोड १७ लाख रुपैयाँ, अन्य भन्सारसम्बन्धी आयमा ६३ लाख ६४ हजार रुपैयाँ, निर्यात सेवा शुल्कमा ६ लाख २९ हजार रुपैयाँ र कृषि सुधार शुल्कमा १० करोड ९६ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यसैगरी, अन्तःशुल्क (आयात)ं बाट रु.२९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुरबाट रु.३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार करबाट रु.१ अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम कर (वैदेशिक उत्पादन) बाट रु.१ लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात)ं बाट रु.४ अर्ब २० करोड १८ लाख ८७ हजार र हरित करबाट रु.१३ करोड २३ लाख ५४ हजार राजस्व संकलन भएको छ।
कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि कूल रु.१८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार वार्षिक राजस्व संकलन गर्ने लक्ष्य राखेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।