लोड हुँदैछ...

मेनु

मंगलबार नेप्से १३.५१ अंकले बढ्दा कारोबारमा पनि सुधार

मंगलबार नेप्से १३.५१ अंकले बढ्दा कारोबारमा पनि सुधार

विराटनगर । मंगलबार नेप्से सुचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन घटेको बजार यस दिन भने सुधारिएको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स २.१४ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंकले वृद्धि भएको छ।

यस दिन कारोबार रकम पनि बढेको छ । सोमबार ११ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३४० स्टकको १ लाख ६ हजार १४० पटकको कारोबारमा १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँभन्दा बढीको ३ करोड ४८ लाख ५२ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इन को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै शिवश्री हाइड्रोपावर को शेयर मूल्य करिब ८ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहँदै ५६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै आँखु खोला जलविद्युत कम्पनी को साढे ५१ करोड रुपैयाँभन्दा बढी र नेशनल हाइड्रोपावर कम्पनी को ४८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

बजारका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूह घटेका छन्। जलविद्युत उपसमूह सर्वाधिक १.५९ प्रतिशतले बढेको छ भने बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।