लोड हुँदैछ...

मेनु

सुनको मूल्यमा गिरावट : प्रतितोला २ हजारले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्यमा गिरावट : प्रतितोला २ हजारले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।

महासंघले तोकेको नयाँ मूल्यअनुसार आज सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन (बुधबार) सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

सुनसँगै आज चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।