विराटनगर । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले प्रतिनिधिसभामा विजयी भएका छन् ।
अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।
जिल्लामा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ । गणना गर्न बाँकी रहेको मतभन्दा प्रचण्ड ५ हजार ४६० मतले अगाडि रहेकोले उनी विजयी भएका हुन् ।
मतगणना पूरा गर्न र औपचारिक घोषणा भने हुन बाँकी छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।