लोड हुँदैछ...

मेनु

मतदान गरेर आ–आफ्नो निर्वाचन क्षेत्र पुग्दै उम्मेदवारहरु

मतदान गरेर आ–आफ्नो निर्वाचन क्षेत्र पुग्दै उम्मेदवारहरु

विराटनगर । प्रतिनिधिसभा सदस्य पदका निम्त्ति जारी निर्वाचनमा सहभागी राजनितिक दलका प्रमुख नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् ।

आफ्नो मतदाता नामावली रहेको स्थानमा मतदान गरेर उनीहरु आ–आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका निम्त्ति आज बिहीबार बिहान ७ बजेबाट मतदान भईरहेको छ । अहिलेसम्म उम्मेदवार रहेका अधिकांशले मत खसालिसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार अधिकांश उम्मेदवारहरू आफ्नो मतदाता नामावली रहेको स्थानमा मतदान गरेर उम्मेदवारी दर्ता गराएको निर्वाचन क्षेत्र समेत पुगेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मत खसालेर रुकुम पूर्व पुगिसकेका छन् । उनी हेलिकप्टरमार्फत आफु उम्मेदवार रहेको क्षेत्र पुगेको आयोगले जनाएको छ । यसैगरी, नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौं–४ को मैतिदेवी मतदान केन्द्रमा मत खसालेर सर्लाही–४ पुगेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर केन्द्रमा मतदान गरेर स्थलमार्ग हुँदै चितवन पुगेको बताईएको छ ।

काठमाडौंबाट हेलिकप्टरमार्फत झापाको दमक हान्निएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भने काठमाडौं नै फर्किएका छन् । निर्वाचन आयोगसँग अनुमति नलिई झापा उडेपछि उनलाई काठमाडौं नै फिर्ता पठाईएको बताईएको छ । यसअघि खराब मौसमका कारण बालेन सवार हेलिकप्टर झापा अवतरण हुन नसकेर काठमाडौं फिर्ता पठाईएको बताईए पनि उनले आयोगसँग हेलिकप्टर चढ्ने अनुमति नलिएका कारण हेलिकप्टर फिर्ता पठाईएको आयोगले जनाएको छ ।

बालेन भने काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मत खसालेर हेलिकप्टरमार्फत झापा हान्निएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।