लोड हुँदैछ...

मेनु

झापा ५ को मगणनास्थलमा कडा सुरक्षा, झ्यालमा पनि जाली लगाइयो

झापा ५ को मगणनास्थलमा कडा सुरक्षा, झ्यालमा पनि जाली लगाइयो

दमक । प्रतिनिधि सभा निर्वाचनको इपिसेन्टर बनेको झापा ५ मा मतगणना स्थललाई तारजालीले घेरेर सुरक्षित बनाइएको छ ।

सम्भावित सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर मतगणता स्थललाई तार जालीले घेरेर सुरक्षित बनाइएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतणनास्थल मात्र नभएर भवनको झ्यालमा पनि तारजाली लगाइएको छ । यस्तै सीसीटिभी जडान गरिएको छ । झापा ५ को निर्वाचन अधिकृतको कार्यालय रहेको दमक ८ स्थित कृषि भवनमै मतगणना हुनेछ । बिहीबार मतदान सम्पन्न भएपछि यस क्षेत्रमा रहेका ६१ वटा मतदानस्थलबाट मतपेटिकाहरू संकलन गरेपछि गणना सुरु हुनेछ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी मैदानमा उत्रिएको झापा ५ देशकै चर्चामा छ । भावी प्रधानमन्त्रीका दाबेदार दुई नेतासहित सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका रञ्जीत तामाङ, नेपाली काँग्रेसका मन्धरा चिमरियासहितका उम्मेदवार छन् ।

निर्वाचन सुरक्षा योजनाअन्तर्गत झापा ५ लाई भने विशेष ‘हाई(प्रोफाइल’ संवेदनशीलताको सूचीमा राखिएको छ। क्षेत्रमा प्रदेश प्रहरीले थप १०० जनाको विशेष टोली र प्रहरी उपरीक्षक (एसपीं) को नेतृत्वमा छुट्टै टोली परिचालन गरेको छ।

यसैबीच झापा ५ अन्तर्गत दमकमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रहरीले १० जना पक्राउ गरेको छ। प्रहरीले सवारीसाधनमा राखिएका झन्डा, स्टिकर तथा चुनाव चिह्न अङ्कित सामग्री हटाइरहेको छ। दमकको मुख्य चोक, बजारलगायत विभिन्न स्थानमा सुरक्षाकर्मीले सवारीसाधनको जाँच कडाइका साथ सञ्चालन गर्दै आचारसंहिता विपरीतका गतिविधि रोक्न थालिएका जनाएको छ ।

झापा ५ मा २०४८ सालयता भएका निर्वाचनमा २०६४ बाहेक सबै निर्वाचन ओलीले जित्दै आएका छन् । यसपटक भने ओलीलाई जित निकाल्न कठिन रहेको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।