लोड हुँदैछ...

मेनु

विप्लव नेतृत्वको माओवादीका उम्मेदवार नेकपामा प्रवेश

विप्लव नेतृत्वको माओवादीका उम्मेदवार नेकपामा प्रवेश

विराटनगर । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेकपा (माओवादी) बाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङका एक उम्मेदवार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेकपा माओवादीबाट मोरङ क्षेत्र नं. २ मा गुलाब चिन्हसहित चुनाबी मैदानमा रहेका मेघेन्द्रकुमार रोका आफ्नो उम्मेदवारी निस्कृय पार्दै नेकपमा प्रवेश गरेका हुन् ।

चुनाब प्रचारको अन्तिम दिन सोमबार रोकालाई सो क्षेत्रका नेकपाका उम्मेदवार चन्द्रबीर राई र नेकपाका नेता सुमन कालिकोटेसहितले पार्टीमा स्वागत गरे । उनले नेपालको बाम आन्दोलनको केन्द्र नेपाली कम्युनिष्ट पार्टी रहेकोले राईलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएर नेकपामा प्रवेश गरेको बताएका हुन् ।

नेपालको विकास, समृद्धि र बाम आन्दोलनको रक्षाको लागि ताराबहाक उम्मेदवारलाई विजयी गराउन रोकाले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।