लोड हुँदैछ...

मेनु

आजदेखि एक साता सार्वजनिक बिदा

आजदेखि  एक साता  सार्वजनिक बिदा

काठमाडौँ । नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली), आसन्न प्रतिनिधिसभा निर्वाचन र अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आजदेखि देशभर लगातार सात दिन सार्वजनिक बिदा सुरु भएको छ ।

विभिन्न चाडपर्व र निर्वाचनको बिदा एकैसाथ परेकाले आज फागुन १८ गतेदेखि आगामी फागुन २४ गतेसम्म सरकारी कार्यालय, शिक्षण संस्था तथा सार्वजनिक निकायहरू बन्द रहने भएका हुन् ।

आज फागुन १८ गते पहाडी जिल्लाहरूमा होलीको सार्वजनिक बिदा दिइएको छ भने भोलि फागुन १९ गते तराईका जिल्लाहरूमा होलीको बिदा रहनेछ । होलीलगत्तै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

निर्वाचनको बिदा सकिएलगत्तै फागुन २३ गते शनिबार परेको छ भने फागुन २४ गते ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक बिदा परेको छ । यसरी आज बिहीबारदेखि अर्को हप्ताको बुधबारसम्म लगातार सात दिन सरकारी बिदा हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।