विराटनगर । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेका कारण कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा लागेको बादलले हल्का वर्षा हुन सक्ने देखिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बिहान छिटपुटदेखि हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले छ।
राति कोशी प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।